पाल्पा । नेपाली काँग्रेसका नेता एवं गुल्मी क्षेत्र नम्बर १ का सांसद माननीय डा. चन्द्र भण्डारी स्वास्थ उपचारपछि स्वदेश फर्किँदै हुनुहुन्छ । गत फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र, मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचारका सुधार भए पछि स्वदेश फर्रकने याेजना रहेकाे रहाँका स्वकीय सचिव वोधराज कण्डेल प्रेस विज्ञप्ति मार्फत जानकारी दिनु भयाे ।
डा. भण्डारीलाई त्यहाँका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको थियो । सो दुःखद घटनामा परी डा. भण्डारीले आफ्नी ममतामयी आमालाई गुमाउनु परेको थियो। अहिले उहाँको स्वास्थ्य क्रमिकरुपमा सुधार भैरहेको छ । अबको बाँकी थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको छ। सांसद डा. भण्डारी २०८० वैशाख १७ गते आइतबार करिब साढे दुई महिना पछि (दिँउसो २ः५५ बजे मुम्बईबाट) नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट नेपाल फर्किदै हुनुहुन्छ । डा. भण्डारीलाई शुभेच्छा प्रकट गर्नुहुने सबै सहृदयीजनहरूलाई आभार र धन्यवाद गर्नु भएको छ ।साथै उहाँको उपचारका लागि भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली काँग्रेस सहित र अन्य पार्टीका आदरणीय नेतागणहरु , काठमाण्डौंको बर्न अस्पताल र्कीतिपुर तथा भारतीय अस्पतालमा उहाँको उपचारमा संलग्न स्वास्थकर्मीहरु , भारतमा रही बिभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण , कुटनीतिज्ञ ,स्वदेश तथा विदेशमा रहनुभएका शुभेच्छुकहरु ,प्रवासी संघ संस्थाहरु ,परिवारका सदस्यहरु, आफन्तजनहरु, स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गर्नु भएको छ ।