पाल्पा -तानसेनको टुँडिखेलमा चलेको १३ औ पाल्पा महोत्सवमा महोत्सवमा तेस्रो दिन शनिवार चर्चित गायक शिव परियार मुख्य आकर्षणको रुपमा रहेका थिए ।
पछिल्लो समय चर्चामा रहेको ‘धोकेबाज हौ तिमी’बोलको गीत शिवले दुइचोटी गाउदा पनि दर्शकको हुटिङ र तालीले भने साथ छोडेनन उनले आफ्ना गितहरुबाट भरपुर मनोरञ्जन दिए उनले गाउदा गाउदै बिचमा हावाहुरी सहित पानी परेपनी दर्शकहरुले साथ छोडेनन शिव सङ्गै आजको दिनमा लोक दोहोरी गायक दिपु मगर ,लोक दोहोरी गायक रुपेश कार्की ,लोक दोहोरी गायिका शकुन्तला गैरेले आफ्नो प्रस्तुती राखेका थिए ।
बैशाख १८ गते सोमबार चर्चित गायक बर्दी पंगेनी, चर्चित गायिका शान्ती श्री परियार हांस्य कलाकार लगायत स्थानिय कलाकारहरु प्रस्तुती रहने मेला आयोजक समितिले जनाएको छ ।
टुँडिखेलमा सञ्चालन भईरहेका ‘पाल्पा महोत्सव’मा हरेक दिनजसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ ।