राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज हुने सम्भावना

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । भारतको दिल्लीस्थित एम्समा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार भएको चिकित्सकको भनाइ उदृत गर्दै दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार राष्ट्रपति पौडेललाई भोलिसम्म डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन् । दुई सातादेखि उनको एम्समा उपचार भइरहेको छ ।

पेटमा समस्या देखिएपछि सुरुमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराएका पौडेललाई पछि एयरएम्बुलेन्समार्फत दिल्ली लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च