पाल्पा महोत्सवमा बैशाख १८ गते बद्री पंगेनी,शान्ति श्री परियार लगायतको प्रस्तुती रहने

तानसेन । तानसेनको टुडिखेल मैदानमा सञ्चालन भईरहेको १३ औ पाल्पा महोत्सवमा बैशाख १८ गते साेमबार महोत्सवको मुख्य आकर्षणको रुपमा सोमवार चर्चित गायक बद्री पंगेनी र शान्तीश्री परियार मुख्य आकर्षणका रुपमा रहनेछन् । साथमा, हास्य कलाकार सुमित कुमार घिमिरे र गायिका तुलसा गाहाको समेत प्रस्तुति रहनेछ ।

आइतवारसम्म शितल शर्माको उद्घोषण महोत्सवमा रहे पनि सोमबारको सांगीतिक कार्यक्रमलाई बिन्दु थापाले उद्घोषण गर्नेछिन् । सोमवार आइडल उद्घोषकका रुपमा भने शिव भट्टराई रहनेछन् ।

महोत्सवमा विभिन्न विद्यालयको नृत्य प्रतियोगिता तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । वैशाख १४ गतेबाट सुरु भएको १३ औं संस्करणको महोत्सव वैशाख २४ गतेसम्म चल्नेछ ।

महोत्सवमा विभिन्न विद्यालयको नृत्य प्रतियोगिता तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
टुँडिखेलमा सञ्चालन भईरहेका ‘पाल्पा महोत्सव’मा हरेक दिनजसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च