पाल्पा महोत्सवको छैठौ दिन अर्थात आज चर्चित गायिका एलिना चाैहान तथा रामचन्द्र चन्द्र लगायतको प्रस्तुती रहने

तानसेन – पाल्पा महोत्सवको छैठौ दिन अर्थात मंगलबार बैशाख १९ गते चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहनेछ । केही दिनयता वर्षात्ले महोत्सवलाई डिस्टर्ब गरेपनि चौहानको प्रस्तुती हेर्न दर्शक आतुर छन् । चौहानको विशेषगरि ‘धोकेबाज हौँ तिमी… गीत चर्चामा छ । यस्तै के माया लाग्छ र.., याे भाग्यमा खाेट छ, मिनरल वाटरलगायत पनि चर्चामा छन् ।

मंगलबार पछिल्लो समय युवा दर्शकमाझ चर्चित आधुनिक गायिका चौहानसहित लोकगायक रामचन्द्र चन्द, श्रीदेवी देवकोटा, नारायण लेकालीलगायतको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक भीमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पानीले डिस्टर्ब नगरे चौहानसहितका कलाकारको प्रस्तुती हेर्न हजारौँ दर्शक टुंडिखेलमा आउने आयोजकको अनुमान छ ।
मेला २४ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च