एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

बैशाख । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन्।

अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन। तर सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरी निलम्बनमा परेको जानकारी दिएको हो।

दोस्रोपटक प्रहरीको पत्र पाएपछि सभामुख घिमिरेले हत्या अभियोग लागेका कोइरीलाई निलम्बन गरेका हुन्। प्रहरीले आइतबार सभामुख घिमिरेलाई कोइरी पक्राउमा सहयोग गर्न माग गर्दै दोस्रो पटक पत्र पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च