सन्धिखर्क। अर्घाखाँचीमा भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ ।
सुपादेउराली मन्दिरनजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा सन्धिखर्क ७ बागमाराकी कल्पना थापाको मृत्यु भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुपादेउरालीमा पसल गर्दै आएकी उनी आज दिउँसो पसलबाहिर बसेको अवस्थामा माथिबाट ढुंगा खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
सुपादेउराली मन्दिरनजिकै व्यवसाय गरेर बस्ने ३ जना महिलाहरु एकै ठाउँ बसेर गफगाफ गर्दै गरेको र सोही समयमा माथिबाट ढुङ्गो एक्कासि खसेको देखेपछि २ जना महिला भागेर सकुशल बच्न सफल भएको प्रत्यक्षदर्शीको भनाइ