तानसेन । पाल्पाको तानसेनमा सञ्चालन भईरहेको १३ औं पाल्पा महोत्वको नवौं दिन आज चर्चित गायक खुमन अधिकारी, ईन्द्र जिसी,गायिका शिलु भट्टराई लगायतको कलाकारको प्रस्तुती रहन मेला मुल आयोजक समितिका संयोजक तथा प्रचार प्रसार संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो ।
आयोजकका अनुसार गायक हुम गैरे र गायिका लक्ष्मी नेपालीको सांगीतिक प्रस्तुति समेत रहनेछ । कलाकार किरण चित्रकार र सुमित कुमार घिमिरेको हास्य व्यङग्य प्रस्तुति पनि आज दर्शकका लागि विशेष हुनेछ ।
महोत्सवमा घरेलु तथा साना उद्योग, पाल्पाली ढाका, करुवा, विभिन्न फेन्सी पसलहरु,कृषिजन्य बस्तु, विभिन्न कम्पनीलगायतका स्टल रहेका छन् ।
१४ वैशाखबाट सुरु भएको महोत्सव २४ वैशाखसम्म चल्नेछ ।