गृह जिल्ला अर्घाखाँची पुगेर आईजिपी कुँवर भने : देशको शान्ती सुरक्षा प्रहरीको प्रमुख दायित्व

अर्घाखाँची । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजिपी) बसन्त बहादुर कुँवरले अर्घाखाँची प्रहरी कार्यालयको निरिक्षण गरेका छन् । गृह जिल्ला आएका कुँवरले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, अनुचित लाभमा शुन्य सहनसिलता, प्रहरी कर्मचारीहरुको सेवा सुविधा लगायत विषयमा प्रकाश पारेका थिए ।

विभिन्न धार्मिकस्थल हरुको भ्रमण गर्नुका साथै आईजिपी कुँवरले जिल्लाको शान्ती सुरक्षा तथा समसामयिक विषयमा सरोकारवाला पक्षसंग छलफल तथा अन्तरक्रिया समेत गरेका छन् । उनले देशको शान्ती सुरक्षा आफ्नो प्रमुख दायित्व रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च