पाल्पा । महिला समन्वय समिति, तिनाउ-२ पाल्पाकाे संयाेजन र व्यवस्थापनमा समूह सञ्चालन र व्यवस्थापनका लागि क्षमता अभिवृद्धि तालिम साेमवार दाेभानमा सम्पन्न भएकाे छ । तलिममा समूह सञ्चालनका आधार, समूह व्यवस्थापनका पक्ष, क्षमता, यसलाई अभिवृद्धि गर्ने तरिका र अभ्यासका सन्दर्भमा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
सामाजिक उत्प्रेरक राजेश श्रेष्ठले समूहकाे याेजना तर्जुमा गर्ने विधि, याेजना निर्माणका आवश्यकता र विषयवस्तुका साथै याेजना कार्यान्वयनका विविध पक्षका सन्दर्भमा प्रशिक्षण दिएका थिए । समूहमा सुशासन विषयमा अधिवक्ता महेन्द्र पाण्डेय, महिला उद्यमशीलता विषयमा उद्यमी अभियन्ता गीतारानी बलाल मगरले र महिला सशक्तीकरण,यसका आधार,आवश्यकता र महत्वका विषयमा सामाजिक उद्यमी सीमा वनले सहजीकरण गरेका थिए ।
समापन समाराेहमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, प्रवक्ता यादव अर्याल, वडा सदस्य भवानी न्याैपाने, सहभागीहरुका तर्फबाट हरिकला कुमाल, सुमित्रा सारु र पुजा रजालीले तालिम व्यवहारिक एवम् प्रभावकारी रहेकाे बताउँदै महिला सशक्तीकरण नभई सामाजिक विकास असम्भव रहेकाे बताए । दुई दिनसम्म सञ्चालित तालिममा तिनाउ गाउँपालिका वडा नं २ भित्र रहेका १७ वटा महिला समूहका ३४ जना महिला नेतृत्वकाे सहभागिता रहेकाे उक्त तालिमलाई आर्थिक सहयाेग तिनाउ गाउँपालिकाले गरेकाे छ ।