तिनाउको झुम्सामा टिपरको ठक्करबाट एक युवाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ-३ झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीरन्द्र थापाले बताए ।

गुल्मीको छत्रकोट गाउँपालिका-३,हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका थिए । प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च