रैनादेवी छहरा गाउँपालिकाले शिक्षक, विद्यार्थी र विद्यालय सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शैक्षिक वर्ष २०७९ को ८ कक्षाको परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरू, उत्कृष्ट नतिजा प्राप्त गर्ने शिक्षकहरू तथा विद्यालयलाई एक कार्यक्रमकबीच सम्मान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँकार्यपालिका, गाउँ शिक्षा समितिका सदस्यहरू तथा शिक्षा शाखाका कर्मचारीहरूको उपस्थिति थियो।कक्षा ८ को गाउँपालिकास्तरीय परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्न सफल विद्यालर्थीहरू इच्छा रास्कोटी ३ दसमलब ७५,सुदिक्षा पौडेल ३ दसमलब ६०,सुप्रिम राना ३ दसमलब ६०, सुरज रायमाझी ३ दसमलब ४५, सन्तोष कार्की ३ दसमलब ४५ लाई अध्यक्ष रुक्माङ्गत भट्टराई,सामाजिक विकास समिति संयोजक हुमानसिंह कार्की र शिक्षा अधिकृत निशा पाण्डेले नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । उत्कृष्ट नतिजा प्राप्त गर्न सफल शिक्षकहरू तथा विद्यालय श्री भैरव नवदीप मावि लाई प्रशंसा पत्र प्रदान गरिएको सुचना अधिकृत नारायण मल्ल जानकारी दिनुभयो ।