ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु

दाङ । दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १४ का १४ वर्षीय बालक बिनोद चौधरी रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

तुलसीपुर १४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट गोठ्वामा उनी खसेका थिए । घटनापछि ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च