सभामुखले संसदलाई दिए रायमाझी पक्राउ परेकाे जानकारी, भए निलम्बित

काठमाडौं । सभामुख देबराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन ।

आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । साे जानकारी पछि सभामुख घिमिरले उनी पक्राउ परेका संसदलाइ जानकारी गराएका हुन । नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए । ‘सांसद रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए ।

सभामुखले साे जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च