राष्ट्रिय स्वतन्त्र पाटी पाल्पाले पाल्पामा पटक पटक लाईन काटीने विद्युतको समस्या समाधान गर्न माग राख्दै नेपाल विद्युत प्राधिकरण पाल्पालाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार रास्वपाका जिल्ला अध्यक्ष विष्णु भण्डारी, सचिव सुमन गैरे लगायत अन्य नेताहरुले विद्युत प्राधिकरणका पाल्पा वितरण केन्द्रका प्रमुख विवेक अधिकारीलाई तत्काल समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
उनीहरूले विद्युत अबरोधले पाल्पाको विकास निर्माण तथा व्यवसाय क्षेत्रलाई असर पु¥याएको भन्दै समस्या समाधान गर्न तत्काल प्रहल गर्न तथा गम्भीर हुन केन्द्रलाई ज्ञापन पत्र मार्फत जानकारी गराएका छन ।
ज्ञापनपत्र बुझाउदै रास्वपाका जिल्ला अध्यक्ष विष्णु भण्डारीले, विद्युत प्राधिकरण पाल्पाले जिम्मेवारबोध गर्न नसक्दा समस्या देखिएको बताए,अध्यक्ष भण्डारीले समाधानका लागि “विद्युत प्राधिकरणले चासो नदिएको गुनासो गदै सेवाग्रही उद्योगी व्यवसायीको समस्याप्रति जिम्मेवार हुन विद्युत प्राधिकरणका पाल्पा वितरण केन्द्र तथा प्रमुख विवेक अधिकारीलाई आग्रह गरेका हुन ।
पाल्पाको पटक पटक लाईन जाने समस्या समाधानका लागि आफ्नो राष्ट्रिय स्वतन्त्र पाटी पाल्पाले सक्दो सहयोग गने समेत बताए ।
अहिले पाल्पामा दैनिक ४ देखि ६ घण्टा बढी लाईन काटीने गरेको छ ।