पाल्पा । पाल्पाको तिनाउ-२ हरियाली गाउँबाट बुटवल ल्याउँदै गरेको काठ प्रहरीले मँगलबार बरामद गरेको छ । तिनाउ-२ हरियाली गाउँबाट यात्रुबहाक बसको छतमा राखेर बुटवल ल्याउँदै गरेको १८.२ क्यू फिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मँगलबार दिउसो पाल्पा तिनाउ-३ पैठेडाँडा स्थित सिद्दार्थ राजमार्गमा लु २ ख ५९०३ नम्बरको बसलाई प्रहरी चौकी दोभानबाट खटिएको टोलिले चेकजाँच गर्ने क्रममा अवैध काठ बरामद गरेको हो । तिनाउ-२ बस्ने ३४ वर्षीय भिम बहादुर खत्री बसको छतमा लुकाई छिपाई अवैध रुपमा साल जातको काठ पैथारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र काठलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पाल्पाको जिम्मा लगाइएको छ ।