मङ्गलवारदेखि डिजल र मट्टीतेलकाे भाउ लिटरमै १० रुपैयाँले घट्याे, पेट्राेलकाे यथावत्

काठमाण्डाै – सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे ।

निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब डिजल र मट्टीतेलकाे भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएकाे छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएकाे छ ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले पेट्राेलकाे भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च