निजि सवारीले भाडामा यात्रुहरु ओसार्न बन्द गर्न माग गर्दै अर्घाखाँचीमा सिडियोलाई ज्ञापनपत्र

अर्घाखाँची, । अर्घाखाँचीमा निजि सवारी साधनहरुले भाडामा यात्रुहरु ओसारपसार गर्न थालेपछि अर्घाखाँची ट्याक्सी प्रालिले विरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

निजी प्रायोजनका सवारी साधनले अनियमित रुपमा भाडामा यात्रुहरु ओसारपसार गर्न लागे पछि सार्वजनिक सवारी साधनलाई ठुलो मर्का परेको ट्याक्सी व्यवसायी संघ अर्घाखाँचीले बताएको छ ।

अर्घाखाँची ट्याक्सी प्रालि र लंका यातायात प्रालिले मंगलवारको दिन शान्ति बगैँचा मा कोणशभा गरि प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाएको ट्याक्सी व्यवसायी संघका अध्यक्ष महेन्द्र भुसालले बताए ।

अनियमित ढङ्गले भाडामा यात्रुहरु ओसारपसार गर्ने निजि सवारी साधन हरुलाई प्रशासनले यथासिघ्र ७ दिन भित्र कारवाहीको दायरामा नलिएमा अर्घाखाँचीका यातायात व्यवसायीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिने र यस बिषयको निर्मुल पार्ने चेतावनी दिएका छन्।

ज्ञापनपत्र बुझदै प्रजिअ मिना अर्यालले सार्वजनिक सवारी साधन व्यवसायीहरु मर्कामा पर्न नहुने बताउँदै व्यवसायीहरुको मागका सम्बन्धमा प्रशासनको ध्यान जाने बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च