पाल्पामा सुरु भयो लाइसेन्स नविकरण सेवा

पाल्पा । अवदेखि पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ४ गतेदेखि सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरु गरेको जनाएको छ । कार्यालयले सूचना जारी गरी सेवा सुरु भएको जनाएको हो ।

तानसेन ७ बर्तुङमा रहेको सेवा कार्यालयमा नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च