लागूऔषधसहित बुटवलमा दुई जना पक्राउ


बुटवल ।
बुटवलमा लागूऔषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका–११ का ४० वर्षका नारायणप्रसाद सिंजापती र बुटवल उप–महानगरपालिका– १९ की ४१ वर्षीया माया गुरुङ रहेका छन् ।

वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका नयाँबसपार्कबाट बिहीबार उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुबाट १२ ग्राम ३७० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र स्पास्मोइक लेखिएको ३३ वटा क्याप्सुल बरामद गरिएको छ ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च