खेलकुद पत्रकार मञ्च पाल्पाको अधिवेशन सम्पन्न अध्यक्षमा पुनः अर्याल

पाल्पा, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पाल्पाको अध्यक्षमा माधव अर्याल पुनः निर्विरोध चयन भएका छन् । मञ्चको शुक्रबार तानसेनमा भएको साधारणसभा तथा जिल्ला भेलाले अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा चयन भएका अर्याल नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, कान्तिपुर दैनिकका उपसम्पादक समेत हुन् । अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका अर्यालले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका कामहरू अबका तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पाल्पाको खेलकुद पत्रकारितालाई अगाडि बढाउन सबै क्षेत्रको सकारात्मक सहयोगको खाँचो रहेको बताउँदै आगामी दिनमा खेलकुद पत्रकारिता तालिम सञ्चालन, अवार्ड कार्यक्रमका साथै अन्य रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।

भेलाले मञ्चको उपाध्यक्षमा देब पचभैया, सचिवमा विजय बौडेल, कोषाध्यक्षमा कमल अधिकारी र सहसचिवमा दुर्गेस मल्ललाई सर्वसहमतिबाट चयन गरेको छ । एक सदस्य पछि मनोनित गर्ने गरी तीन सदस्यहरुमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपाने सदस्य चयन भएका छन् ।
भेलामा केन्द्रीय प्रतिनिधी प्रतिज शाक्य, जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरे, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, लगायतले जिल्लाको खेकूद क्षेत्रलाई थप सशक्त बनाउने दिशामा भूमिका खेल्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च