पाल्पा । रैनादेवी छहरा गाउँपालिकाको पाल्पाको आयोजनामा मुख्यन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पुर्व प्राथमिक तहमा अध्यापनरत सहजकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्की आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेल, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम समिति सदस्यहरू शारदा के.सि.रायमाझी र पदम सोमै, शिक्षा अधिकृत निशा पाण्डे, प्रा.स. राजाराम भाट लगायतको उपस्थितिमा तालिमको समापन गरीएको थियो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले तालिमले नयां ज्ञान प्राप्त गर्न सहयोग गने हुनाले सहभागिले ध्यान दिएर सिक्ने र सिकेका कुरा व्यवहारमा लागु गर्न सकेमा तालिमको महत्व हुने बताउदै यस्ता तालिमले सिकाईमा परिर्वतन ल्याउने बताउनु भयो । शिक्षा र स्वास्थ्य लागि पालिकाले सक्दो काम गर्न खोजेको हुनाले यस्ता कार्यका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो ।
गाउँपालिकामा विभिन्न विषयगत समिति समेत रहेको हुँदा उक्त समितिले तदारुपताका साथ काम गरेमा पालिकाको सेवा प्रभावकारी हुने अध्यक्ष भट्टराईको भनाई रहेको छ ।
तालिमको सहजीकरण प्रशिक्षक प्रमिता पाण्डे र राजकुमार घिमिरे गर्नुभएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत नारायण मल्ले बताउनु भयो । तालिम जेठ ४ सुरु भई ५ गते समापन भएको भएको मल्ले बताउनु भयो । गाउँपालिकाले जेठ ६ गतेदेखि शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गदै छ ।