तानसेन–होलाङ्गदी–ढुङ्गाखानी सडक एक महिना बन्द

पाल्पा– पाल्पाको तानसेनमा रहेको तानसेन–रिडी–तम्घास सडकखण्ड अन्तरगत होलाङ्गदी– ढुङ्गाखानी (वाइपास) सडक एक महिना बन्द हुने भएको छ ।
सडक पूर्वाधार विकास कार्यालयले यस खण्डमा मर्मत गर्नुपर्ने भएकाले २७ दिन बन्द हुने भएको जनाएको छ । उक्त सडक खण्डको धरमपानी माझखोलामा कजवे निर्माणका लागि गत शुक्रबारदेखि जेष्ठ ३२ गतेसम्म सडक बन्द हुने भएको कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाका अनुसार उक्त स्थानमा डाइर्भसन निर्माणका लागि सवारी रोकेर काम गरिएको हो । कजवे निर्माण कार्य सुरु भएको हुँदा सवारी आवागमन बन्द गरिएको जनाएको छ । सवारी आगमन बन्द हुँदा यात्रुहरुले भने सास्ती पाउने भएका छन् यसबाट पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना समेत मागेको छ ।
सवारी बन्द रहेको अवधिमा डुम्रे– कुसुमखोलाको वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गर्न कार्यलय प्रमुख अरुण गुप्ताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च