प्रेस युनियनले पाल्पा शाखाले मनायो ३२,औँ स्थापना दिवस

पाल्पा – नेपाल प्रेस युनियनले पाल्पा शाखाले ३२ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा युनियनले पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुुगेर त्यहाँ रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजन गराएको छ ।
युनियनले पाल्पाले आश्रममा रहेका २२ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई एक छाक भोजन गराएको हो ।श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियनले असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर स्थापना दिवस मनाइएको युनियनका जिल्ला अध्यक्ष मन गहिरेले बताउनु भयो । ‘बेसहारा भई आश्रममा पुुगेका आमाबुवाहरुलाई एक छाक भए पनि खाना खुवाएर उनीहरुप्रति सम्मान र आदर प्रकट गरिएको हो ।’ अध्यक्ष गहिरेको भनाई थियो ।

जिल्लाको टिमसँगै आश्रममा पुगेका प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताउनु भयो । उहाँले लोकतन्त्र, गणतन्त्र, सघीय व्यवस्था ल्याउनमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै विपन्न, असहाय, अशक्तहरुको पक्षमा समेत युनियनमा आवद्ध पत्रकारहरुले सशक्त रुपमा कलम चलाउँदै आएको स्मरण गर्नुभयो ।

युनियनका निवर्तमान जिल्ला अध्यक्ष भरत शर्माले आफुु नेतृत्वमा हुुँदा युनियनको स्थापना दिवस अश्रममै मनाएको स्मरण गर्दै नयाँ नेतृत्वले समेत आश्रममा रहेका वृद्धवृद्धा आमाबुवाहरुप्रति सद्भाव देखाएकोमा खुसी व्यक्त गर्नुभयोे ।

उपाध्यक्ष रामचन्द्र रायमाझीले श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुको पक्षमा सधै युनियनका पत्रकारले कलम चलाउँदै आएको बताउनु भयो ।
आश्रमका संयोजक देव प्रसाद बज्राचार्यले पत्रकारहरुले आश्रममा रहेका नागरिकहरुप्रति देखाएको माया, दया करुण र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिनुभयो । उनले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताउदै संयोजक बज्रचार्यले भन्नुभयो ‘ हामीले सहयोगीहरुबाटै वृद्धवृद्धाहरुको व्यवस्थापन गर्दै आएका छौं, अहिले उहाँहरुलाई खानाको व्यवस्थापन गर्न निकै धौं धौं भएको छ । पानीको समेत समस्या झेल्नुु परेको छ ।’ आश्रमको व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जान सकेमा केही भए पनि सहज हुने बताउनु भयोे ।

तानसेन नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले तानसेन नगर सरकारले आर्थिक वर्षको बजेटमा आश्रमको व्यवस्थापनको विषय समावेश गरेको बताउनु भयो । पत्रकारहरुले भोजन गराएकोमा आश्रममा रहेका बुुवाआमाहरु उत्साहित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च