जातीय विभेद हिन्दुधर्ममा छैन स्वरुपानन्द

पाल्पा
विश्व हिन्दु महासंघ पाल्पको आयोजनामा तानसेनमा नेपाल देशीय वेदान्त सम्मेलन गरेको छ । सनातन हिन्दु धर्मका गुरुहरुको सहभागीतामा सम्मेलन आयोजना भएको हो । एक हजार आठ स्वामी स्वरुपानन्द महाराज सरस्वतीले मानवमा कुनै जातजाती नभएको बताएका छन । नेपाल देशीय वेदान्त सम्मेलन २०८० को अवशरमा बोल्दै स्वामी स्वरुपानन्दले जातजाती कामको आधारमा बर्गीकरण गरिएको बताए ।

कर्मको आधारमा एउटै बाबाको छोरा ब्राहमण, क्षेत्री, बैश्य र छुद्र हुने बताउदै स्वरुपानन्द महाराजले जातको कुरा गरेर हिन्दु धर्म लाई कमजोर बनाउने काम भएको बताए । वेद संसारको सबैभन्दा उत्कृष्ट विज्ञान ग्रन्थ भएको महाराज स्वरुपानन्दले आत्मा कहिल्यै नमर्ने बताए । आत्माले बस्ने स्थान परिवर्तन गरी अन्य स्थानमा गएको अवस्था लाई हामी मानवले मानिसको मृत्यु भयो भनेर चिन्ता लिने गरेको स्वामी स्वरुपानन्द महाराजले बताए । मानव जिवनमा गरेको कर्मको आधारमा आत्मा स्थानान्तरण हुने उनले बताए ।

कार्यक्रममा विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य भिमलाल भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै सनातन हिन्दु धर्मले जातीय विभेदको परिकल्पना नगरेको बताए । कार्यपत्रको टिप्पणी गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप प्राध्यापक डा. शंकर गैरेले संस्कृत भाषा कर्मकाण्डी भाषा नभई एउटा बैज्ञानिक भाषा भएको बताए ।

हिन्दु धर्ममा कर्मको आधारमा जातपात निर्माण भएपनि अहिले सोही कुरा विकृतीको रुपमा फैलिएको टिप्पणीकार गैरेले बताए । कार्यपत्रमाथी टिप्पणी गर्दै डा. गैरेले हरेक विषयबस्तुले गोलमोटल कुरा भन्दा पनि तथ्यमा आधारित भएर विषयबस्तु प्रस्तुत हुनु पर्नेमा जोड दिए । महासंघका जिल्ला अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरस्वती शर्माको स्वागत र सचिव तुल्सी गैरे घिमिरेको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च