रामपुर नगरपालिकाद्वारा एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक

पाल्पा, रामपुर नगरपालिकाले आफ्नो एक वर्षे कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भए संगै नगर प्रमुख रमण बहादुर थापाले विहिबार पत्रकार भेटघाट कार्यक्रम मार्फत वार्षिक कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।

२०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित रामपुर नगरपालिकाका जनप्रतिनिधिले जेठ ०६ देखि कार्यभार सम्हालेका थिए । दोस्रो कार्यकालको एक वर्ष बिते पनि प्रमुख थापाले नगरको नेतृत्व गरेर छ वर्ष बिताउनुभएको छ ।

नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा २९ बुँदाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै थापाले बर्ष उपलब्धिमूलक र सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो एक बर्षको अवधिमा गरिएको कार्य सम्पादनको आधारमा यो बर्ष उपलब्धिमूलक र सफल भएको महसुस गरेको छु ।”

यस अवधिमा झण्डै ५० बर्ष देखि पुर्जाविहिन जग्गाधनीहरुलाई नगरपालिकाको विषेश पहलमा राष्ट्रिय भूमि आयोग मार्फत रामपुर नगरपालिका वडा नं. ५, ६ र ७ का दर्ता भएका ७ सय ८३ मध्ये ६ सय १६ अव्यवस्थित जग्गाधनीहरुलाई लाल पुर्जा वितरण गर्न सफल भएको बताउनुभयो । उहाँले ७ सय ८३ मध्ये वितरण गर्न बाँकी जग्गाको प्रमाण पुर्जा यही आर्थिक बर्ष भित्रमा वितरण गर्ने तयारी भैरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “झण्डै ५० बर्ष देखि पुर्जाविहिन जग्गाधनीहरुलाई नगरपालिकाको विषेश पहलमा साविक रामपुर गाविस हाल रामपुर नगरपालिका वडा नं. ५, ६ र ७ का दर्ता भएका ७ सय ८३ मध्ये ६ सय १६ जग्गाधनीहरुलाई लाल पुर्जा वितरण गरि सम्पत्तिको मालिक बनाईएको छ । ७ सय ८३ मध्ये वितरण गर्न बाँकी जग्गाको प्रमाण पुर्जा यही आर्थिक बर्ष भित्रमा वितरण गर्ने तयारी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च