बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते

बुटवल । बुटवलको मिलनचोकमा भारतीय नम्बरको कारले प्रहरीलाई ठक्कर दिएको छ ।

आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जादै गरेको भारती नम्बरको युपि ३२ एलड्ब्लु ९२२३ नम्बरले बुटवलको मिलनचोकमा डुयुटीमा रहेका प्रहरी साहयक हवल्दार अमृत बस्नेतलाई ठक्कर दिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाणले ग्लोबल आवाजलाई जानकारी दिए ।

कारको ठक्करबाट घाइते भएका २७ वर्षीय साहयक हवल्दार बस्नेतको बुटवल हस्पिटल प्रा.लि. मा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रवक्ता खाणले बताए । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च