वार्षिक नीति तथा कार्यक्रम सम्वन्धी सुझाव संकलन र अन्तरक्रिया गदै माथागढी गाउँपालिका

पाल्पा । माथागढी गाउँपालिकाको वार्षिक, नीति, कार्यक्रमको सम्बन्धमा सामाजिक विकास सम्वन्धी सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले पालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यस वर्षदेखि नविनतम कामहरू सुरुवात गर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुंचेले विद्यालयको विकास, स्वास्थ्यको विकाससँगै मानव विकासको सूचक समेत बढ्ने भएकाले त्यसको समुचित विकासतर्फ लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पालिकाका विद्यालय, स्वास्थ्य संस्थाहरुले आफ्नो काम, राम्रा अभ्यास, समस्या, सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले पालिकाको शिक्षा र स्वास्थ्यको सुधार हुने गरी काम गरिने बताउनुभयो । पालिकाले प्राप्त सुझावलाइ आगामि वर्षको नीति कार्यक्रममा समेटेर बजेट बिनियोजन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख केशबबहादुर जिसी, शिक्षा शाखा प्रमुख प्रेम बह्रघरे, योजना अधिकृत नित्यानन्द खनाल, शिक्षा उपप्रमुख अमृत अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, स्वास्थ्य चौकी प्रमुखहरुलेशिक्षा तथा स्वास्थ्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

स्वास्थ्य शाखा प्रमुख केशव बहादुर जिसीको स्वागत, योजना अधिकृत खनालको संचालनमा भएको कार्यक्रम सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च