अर्घाखाँचीको पाणिनी गाउँपालिकाले भोलि शोक बिदा दिने भएको छ ।आइतबार बुटवल बाट अर्घाखाँचीको पाणिनी तर्फ जादै गरेको लु १ च ९०२४ नम्बरको जिप अपरान्ह ५:३० बजे पाल्पा को रैनादेवी छ्हरा ८ सत्यवतीमा दुर्घटना हुँदा गाउँ सभाका सदस्य कृष्ण प्रसाद पोखरेल (बिजय) सहित पाँच जनाको मृत्यु र १० जना घाइते भएका थिए ।
गाउँपालिकाले मृतक आत्माको चिरशान्तिको कामना सहित मृतक परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै सम्वेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै यो घटनाले पालिका परिवार नै शोकमग्न भएकोले भोलि २३ गते मंगलबार पाणिनी गाउँपालिकाको कार्यलय तथा यस अन्तर्गतका सबै कार्यलयहरु एवम् शिक्षण संस्थाहरुमा शोक विदा दिने निर्णय गरेको छ ।