कर्मचारी परिषद् जिल्ला कार्यसमिति पाल्पाद्वारा धर्ना सुरु

पाल्पा: नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति पाल्पाले आइतबारबाट शिक्षा विकास तथा समन्वय इकाई तानसेनमा धर्ना सुरु गरेको छ । विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था हुन नसकेको भन्दै विद्यालय कर्मचारीले धर्ना बसेर विरोध जनाएका हुन् ।

संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा उल्लेख भएको सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाको व्यवस्था गरिने भन्ने कुराको बेवास्ता गरिएको विद्यालय कर्मचारी परिषद् पाल्पाका अध्यक्ष श्रीधर प्रसाद पाण्डेको भनाइ छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशनअनुसार विरोधको कार्यक्रम सुरु गरिएको जिल्ला अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । धर्ना कार्यक्रम जेठ २६ गतेसम्म जारी रहने पाण्डेले बताउनुभयो ।

देशैभर विद्यालयमा कर्मचारीको दरबन्दी नभएको, अस्थायी, करार वा निजी स्रोतमा न्यूनतम पारिश्रमिक समेत नपाएको, पेशागत सुरक्षा र हकहित सुनिश्चित नभएको भन्दै विद्यालय कर्मचारी लामो समयदेखि आन्दोलित छन् । यसअघिको आन्दोलनका माग समेत पूरा नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च