रानिमहलमा भारतीय कार दुर्घटना

पाल्पा, जेठ २४
पाल्पामा भारतीय कार दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जना घाईते भएका छन् ।
आज दिउँसो करिब पौने चार बजेको समयमा तानसेन नगरपालिका १३ रानिमहलमा युपि ५५ वाई ३३०१ नम्बरको भारतीय कार दुर्घटना हुदा रुपन्देहीका ५० बर्षिय मुद्दिराम मुराउ, भारत उत्तर प्रदेश ढेडेपुरका ६० बर्षिय कृष्ण नारायण तिवारी र कार चालक भारत उत्तर प्रदेश ककरहवा का ५२ बर्षिय बिरेन्द्र पान्डेय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाईतेहरुको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । कार सडकबाट करिब १ सय मीटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च