सहकारी संस्थाहरुका लागि ३ दिने कोपोमिस तालिम सञ्चालन गदै पाणिनी गाउँपालिका

अर्घाखाँचीमा । पाणिनी गाउँपालिका अर्घाखाँचीमा सहकारी संस्थाहरुका लागि ३ दिने कोपोमिस तालिमको सुरुवात भएको छ । पाणिनी गाउँपालिका अन्र्तगत रहेका सबै सहकारी संस्थाहरुको तालिममा सहभागीता रहेको छ ।

तालिमको उद्घाटन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले सहकारी संघसंस्थाहरु कानुनको पुर्ण पालना गर्दै अगाडी बढ्न आग्रह गर्नुभएको थियो । न्यौपानेले सहकारी संघसंस्थाहरुले उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले सहकारी संघसंस्थाहरु व्यवस्थीत रुपमा सञ्चालन हुनुपर्ने बताउनु भयो । उहाँले सहकारी संघसंस्थाहरु बचत र ऋणको रुपमा मात्र नभई सामाजिक क्षेत्रमा पनि क्रियाशिल हुनुपर्ने बताउनुभएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले अव्यवस्थीत भएका सहकारी संस्थाहरु व्यवस्थीत गराउँदै बैकिंङ्ग प्रणालीको रुपमा सहकारी संस्थाहरु विकसित भएको जानकारी दिनुभयो । गाउँपालिकाले सहकारी क्षेत्रमा गरेको लगानी प्रतिफलको रुपमा देखिनुपर्ने बताउँदै उत्पादनमा जोड दिनुपर्ने भुसालले बताउनु भयो । ऐनमा उल्लेख भए बमोजिम सहकारीले कोष विभाजन गर्नुपर्ने, नीति विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने, कोपोमिसमा आवद्ध भई समष्टिगत विवरण भर्नुपर्ने लगायतका विषयहरुमा जानकारी गराउँदै कोपोमिसमा समष्टिगत विवरण भर्ने बारे जानकारी दिइएको प्रशासकिय अधिकृत हुमलाल भुसालको भनाई छ ।
तालिमको सहजीकरण भने नेफ्स्कूनका अनुगमन अधिकृत सौभाग्य भट्टराइले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च