नगरपालिकाको ध्यान आकर्षण पत्र पछि महालेखाले सच्यायो बेरुजु रकम

पाल्पा । नगरपालिकाको ध्यान आकर्षण पत्र पछि महालेखा परीक्षकको कार्यालय काठमाडौँले सार्वजनिक गरेको रामपुर नगरपालिको बेरुजु रकम सच्चाएको छ ।महालेखाले सच्याएर सार्वजनिक गरेको प्रतिवेदनअनुसार रामपुर नगरपालिकाको अध्यावधिक बेरुजु ९ करोड ९७ लाख ८३ हजार रहेको उल्लेख गरेको छ ।

यसअघि सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको २०७८।७९ को प्रतिवेदन अनुसार रामपुर नगरपालिकाको अध्यावधिक बेरुजु ६६ करोड ८० लाख ७ हजार पुगेको सार्वजनिक भएको थियो ।

पालिकाको आर्थिक वर्ष २०७८।७९ मा ३ करोड ४७ लाख ७३ हजार बेरुजु भएकोमा अघिल्लो आर्थिक वर्षको ६ करोड ३३ लाख २४ हजार बेरुजु रकम लेख्नुपर्नेमा ६३ करोड ३२ लाख ३४ हजार बेरुजु लेखेपछि धेरै देखिएको थियो ।

महालेखाले प्रतिवेदन सच्याएसँगै रामपुर नगरपालिकाको अध्यावधिक बेरुजु ९ करोड ९७ लाख ८३ हजार पुगेको छ ।

महालेखाको प्रतिवेदन अनुसार नगरपालिकाले बेरुजु फछर्यौट गर्न कुनै पनि पहल कदम गरेको पाइदैन । यसले नगरपालिकामा आर्थिक अनुशासन नभएको देखिएको उल्लेख गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा बेरुजु पर्छैयौट गर्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा ८४ (३घ) मा बेरुजु पछर्यौट गर्ने गराउने काम, कर्तव्य र अधिकार प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च