बजेटको पूर्वतयारीबारे रिब्दीकोट गाउँपालिकाद्धारा सुझाव संकलन

तानसेन । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि रिब्दीकोट गाउँपालिका पाल्पाले सरोकारवालाहरुसँग पूर्वबजेटबारे सुझाव संकलन एवं छलफल गरेको छ ।
पालिकाले आर्थिक वर्ष २०८०\८१ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि जनसमुदाय,प्रतिनिधिहरु,राजनैतिक दल,पुर्व अध्यक्ष,पुर्व प्रवक्तmा पत्रकार तथा सरोकारवालाहरुसँग आगामी आर्थिक वर्षका लागि पुर्वबजेट छलफल आयोजना गरेको हो ।
पूर्वबजेट छलफलमा प्राप्त सुझावअनुसार आगामी वर्षको बजेट निर्माण गर्न सुझाव संकलन एवं छलफल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनु भयो ।

सो छलफलमा कार्यक्रममा सहभागीहरुले बजेट निर्माण गर्दा कृषि,आयमूलक, सीपमूलक तथा रोजगारीमूलक स्वास्थ्य तथा शिक्षाक्षेत्रमा लगानी बढाउन सुझाव दिएका थिए ।

बेरोजगारी समस्या बढ्दै गएको बताउँदै सीप सिकेर स्वरोजगार हुने गरी बजेटलाई प्राथमिकतामा राख्न पनि सुझाव दिए । त्यस्तै घरेलु हिंसामा परेकाहरुलाई राख्न अल्पकालीन आवासगृह व्यवस्थापन, सामाजिक संघसंस्थाको क्षमता विकास र लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्न शैक्षिक संस्थादेखि नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभागीले सुझाव दिएका थिए ।

पुर्व अध्यक्ष नारायण बहादुर जिसीले अधिल्लो सरकारले गरेका कामलाई पालिकाले निरन्तता दिनुपर्ने बताउदै भेदभाव पुर्ण तरिकाले कार्य गर्न आग्रह गनुभयो । कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने सुझाव दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले आगामी दिनमा जनताले महसुज गर्ने खाले बजेट निमार्णमा पालिका लागेको बताउदै राय दिनु र लिनु राम्रो कुरा भएको तर आफुले गर्दा सबै राम्रो हुने अरुले गर्दा नराम्रो भन्ने प्रचलनले पालिकाको विकास नहुने हुनाले बजेट निर्माणमा सबै एक जुट हुनुपर्ने बताउनु भयो । गाउँपालिकाका आठवटै वडाका टोलहरूमा पुगेर नागरिकहरू भेट्ने,आवश्यकता बुझ्ने र सोहि अनुसार नीति ,कार्यक्रम तथा बजेट निर्माणको पूर्व तयारीमा गाउँपालिका जुटेको पनि उपाध्यक्ष अधिकारीको भनाई छ ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, कृषि,शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ उहाँले भन्नुभयो । आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सृजन गर्ने खालका विषयलाई पालिकाले प्राथमिकता दिन लागिएको अध्यक्ष कार्कीले बताउनु भयो ।
स्थानीयसित रायसुझाव माग गरी पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउने कुरामा लागि परेको अध्यक्ष कार्कीको भनाई थियो ।

गाउँपालिकाले असार पाँच गतेभित्र गाउँसभा तथा अधिवेशनमा नीति कार्यक्रम तथा बजेट पेस गरि सक्नु पर्ने छ ।
जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिरहेका छन । राय सुझावकै आधारमा अगामी वर्षको नीति,बजेट तथा कार्यक्रम ल्याइने स्थानीय तहहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च