रामपुरस्थित कालीगण्डकीमा डुबेर १४ वर्षीया बालिका बेपत्ता

तानसेन। पाल्पामा नुहाउने क्रममा कालीगण्डकी नदीमा डुबेर १४ वर्षीया बालिका बेपत्ता भएकी छन् । रामपुर नगरपालिका वडा नं. ८ भुजातस्थित कालीगण्डकीमा नुहाउन क्रममा सोही स्थानका १४ वर्षीया पार्वती रामजाली डुबेर बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहीबार बिहान सभा ११ बजेको समयमा नुहाउने क्रममा कालीगण्डकीमा डुबेर उनी बेपत्ता भएकी हुन् ।

बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च