पाणिनी गाउँपालिकाले गाडी दुर्घटनामा भएका मृतक र घाईतेलाई राहत स्वरुप नगद दिने
अर्घाखाँची, ३२ जेठ । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाले गाडी दुर्घटनामा परि घाईते भएका, मृतक भएका र अस्पतालमा उपचाररतका घाईतेलाई राहत स्वरूप सहयोग गर्ने भएको छ ।
पाणिनि गाउँपालिकाको कार्यालय कार्यपालिका बैठकले गरेको निर्णयअनुसार मृतक ५ जनालाई ३० हजारका दरले १ लाख ५० हजार, अस्पतालबाट डिस्चार्ज भएका ४ जनालाई १० हजारका दरले ४० हजार, अस्पतालमा घाईते भई उपचाररत ६ जनालाई ४० हजारका दरले २ लाख ४० हजार गरि जम्मा ३ लाख ३० हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए ।
सालझण्डीबाट अर्घाखाँचीको पणेना आउँदै गरेको डव्ल क्याप गाडि जेठ २१ गते पाल्पाको सत्यवती क्युरेछेडामा दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको हो, जसमा ६ जना उपचाररत छन् ।