रामपुरमा नगर यातायात गुरुयोजना निर्माण सम्बन्धी छलफल

रामपुर । रामपुर नगरपालिका वडा नं ७ को आयोजनामा नगर यातायात गुरुयोजना निर्माण सम्बन्धी छलफल कार्यक्रम भएको छ । वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम अल्फा डिजाईन एण्ड डेप्लभमेण्ट प्राईभेट लिमिटेडका परामर्शदाता प्राविधिक अनुराग जोशिले सहजिकरण गर्नुभएको हो । जोशिले अहिलेको सडकको मापदण्ड, विकास निर्माणको दिगो व्यवस्थापनका विषयमा सहजिकरण गर्नुभएको छ।अब घर तथा भवन निर्माण गर्नेले न्युनतम छ मिटरसम्मको बाटोको मापदण्ड अनुसार बनाउनुपर्ने जानकारी दिइएको छ ।

वडाध्यक्ष तिवारीले अन्धाधुन्ध वजेट विनियोजन गरेर गरिएको विकासले गति लिन नसक्ने भएको हुदा गुरुयोजना अनुसार काम गरेपछि विकास निर्माणको कामले तिव्रता लिने बताउनुभएको छ ।

कार्यक्रममा टोल विकास संस्था, सामुदायिक वन, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवि लगायतको सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च