अर्घाखाँची पाल्पा सम्पर्क समाजको साधारण सभा तथा अधिवेशन असार १६ गते हुने

पाल्पा । अर्घाखाँची पाल्पा सम्पर्क समाजको साधारण सभा,अधिवेशन तथा वनभोज कार्यक्रम यहि असार १६ गते शनिबार हुने भएको छ ।
विभिन्न पेशा,व्यवसाय,तथा पढाईको शिलशिलामा अर्घाखाँची बाट पाल्पाका विभिन्न स्थानमा बसोबास गर्दैै आएका व्यक्तित्वहरुको संयुक्त प्रयासबाट आज भन्दा १५ वर्ष अगाडी अर्घाखाँची पाल्पा सम्पर्क समाजको गठन भएको समाजका संस्थापक पत्रकार भरत शर्माले बताउनु भयो ।

अर्घाखाँची पाल्पा सम्पर्क समाजको कोरोना पछि कुनैपनि कार्यक्रम तथा साधारण सभा र अधिवेशन हुन सकेको थिएन ।

असार १६ गते शनिबार श्रीनगरमा हुने साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।अधिवेशन तथा साधारण सभा सम्पन्न गर्न आज बसेकोे बैठकले भरत शर्माका संयोजकत्वमा विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ ।

जसमा भरत शर्मा संयोजक रहनु भएको छ,कार्यक्रकको व्यवस्थापनको जिम्मा शंकर पौडेल सम्र्पक तथा सुचना दिपक भट्टरार्ई र राम प्रसाद पन्थीलाई आर्थिक समितिको जिम्मा दिएको छ । भने साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नका लागि सदस्य पित बहादुर नेपाली,पुस्कर आर्चाय दुर्गा खनाललाई समन्व्य कर्ताको जिम्मा दिएको समाजका सचिव शंकर पौडेलले जानकारी दिनुभयो ।

जिल्ला संमन्व्य समितिको सभाहलमा बसेको अधिवेशन तथा साधारण सभा तयारी बैठकमा अर्घाखाँचीबासी जिल्ला समन्व्य अधिकारी जनार्दन अधिकारी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दुर्गा खनाल,पत्रकार भरत शर्मा,त्रिभुवन बहुमुखी क्यापसका प्रध्यापकहरु पित बहादुर नेपाली ,पुस्कर आर्चाय सरस्वती मा.वि प्र.अ.शंकर पौडेल,नेपाल बैक लि पाल्पा शाखाका प्रवन्र्धक गिरिराज बन्जाडे,जनसेवा पुस्तक पसलका प्रोपाईटर राम प्रसाद पन्थी,पत्रकार तथा श्रीनगर एफ एम का बजार व्यवस्थापक दिपक भट्टराई,लुम्बिनी मेडिकलेज कलेजमा कार्यरत टेक्नीसियन रोमाकर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

समाजले यहि असार १६ गते हुने साधारण सभा,अधिवेशन तथा वनभोज कार्यक्रममा उपस्थित हुन सबै जिल्ला बासीहरुलाई आग्रह गरेको छ ।
कार्यक्रकका लागि सम्पर्क गर्नेको लागि जनसेवा पुस्तक पसल लहरेपिपल,९८४७१०३१७८,होटल श्रीनगर प्रा. लि कैलाश नगर,९८४७१००८१२,अर्घाखाँची किराना पसलमा सम्पर्क ९८५७५२४४८७,तथा दिपक भट्टराई पत्रकार ९८५७०९८७३६ मा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च