आगामी बर्षको लागी रिब्दीकोटकोे बजेट ५३ करोड ६८ लाख सार्वजनिक

तानसेन । रिव्दीकोट गाउँपालिका पाल्पाले आगामी बर्षको लागी ५३ करोड ६८ लाख वराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रवार १३ औ गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले आगामी बर्षको लागी बजेट पेश गर्नुभएको हो ।

उपाध्यक्ष अधिकारीले पुजीगत तर्फ २३ करोड ५६ लाख ६४ हजार र चालु तर्फ २९ करोड ४४ लाख ४ हजार विनियोजन गरेको बताउनु भयो ।

पालिकाले आन्तरिक आम्दानीको लागी ७३ लाख ७७ हजार रकम उठ्ने अनुमान गरेको छ । आगामी बर्षको लागी पालिकाले आर्थिक विकासको लागी २ करोड ३८ लाख, वन वातावरण तथा विपदको लागी ३७ लाख, संसथागत क्षमता विकासको लागी ४३ लाख ५० हजार, पुर्वाधार विकासको लागी ५ करोड ७६ लाख ० हजार, सामाजिक तथा सास्कृतिक संरक्षणको लागी ९३ लाख, सामाजिक विकासको लागी ३ करोड ६४ लाख ३ हजार, शुसासन तथा प्रशासनीक खर्च ५ करोड ९० लाख ५० हजार, वडागत चालु तथा पुजीगत खर्च ४ करोड ४५ लाख, प्रदेश विशेष अनुदान ६० लाख, संघिय सशसर्त अनुदान २६ करोड २८ लाख, प्रदेश शसर्त अनुदान ६ लाख ५० हजार, अन्तर संम्वन्धीत क्षेत्र १ करोड ३ लाख रुपैया अनुमान गरी सार्वजनिक गरेको छ ।

आगामी बर्षको लागी रिव्दीकोट गाउँपालिकाले एक टोल, एक सामुहिक खेतीको लागी ३० लाख, कृषि उपज उत्पादनमा आधारित अनुदानको लागी ५० लाख, मकैवाली प्रवद्र्धन तथा रैथाने वाली प्रवद्र्धनको लागी ३१ लाख, उखु, तरकारी र च्याउ खेती प्रवद्र्धन, डेरी तथा मासु पसल सुधारको लागी २१ लाख, ५० बजार, कुसुमखोलामा प्राङ्गारीक मल प्रशोधन कारखाना स्थापनाको लागी १५ लाख, कृषि उत्पादन संकलन तथा बजारीकरणको लागी १० लाख, कृत्रिम गर्भाधान, नश्न सुधार तथा पशु स्वास्थ्य सेवाको लागी ११ लाख रुपैया विनियोजन गरेको उपाध्यक्ष अधिकारीले गाउँसभामा सार्वजनिक गर्नुभएको छ । पुर्वाधार तर्फ जलेश्वर पर्यटन पुर्वाधारको लागी १ करोड ५० लाख, खौडेली देखी खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र सम्मको सडक स्तरउन्नतीको लागी १ करोड, देउराली कोहल खेलमैदानको लागी १ करोड, कन्टीपोखरा ख्याहा सडकको स्तर उन्नतीका लागी ७५ लाख, पालुङमैनादी देखी वडा नंं ८ फेक सम्मको सडक स्तरउन्नतीको लागी ७५ लाख, हार्थाेक छहरा मोटबाटो मर्मतको लागी २५ लाख, पालिका भित्रका अधुरा खानेपानी योजना पुरा गर्न ३० लाख बजेट रिव्दीकोट गाउँपालिकाले विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च