तानसेन। पाल्पाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ६७ रुपियाँको बजेट सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाको १३ औ नगरसभाबाट नगर उप प्रमुख प्रतिक्षा सिंजालीले पुँजीगततर्फ ४६ करोड ६६ लाख ३९ हजार ३६७ रुपैया र चालू खर्चतर्फ ५६ करोड १४ लाख २५ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी हुन्।
बजेट अनुसार तानसेनलाई नेपालमै नमूना नगरपालिका बनाउने, तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, करलाई व्यवस्थित गर्ने सडक पूर्वाधारसंगै, विद्युत, खानेपानी, डल तथा नगरग भित्रका ऐतिहासिक र सांस्कृतिक पक्षको संरक्षण तथा प्रचारका लागि बजेट विनियोजन गरिएको उपप्रमुख सिंजालीले ताइन् ।
पर्यटकीय स्थल रानीमहल तथा श्रीनगरलाई व्यवस्थित गर्ने योजना बजेटमा छ । नगरसभा तथा १३ औ अधिवेशनमा न्यायिक समितिका संयोजक प्रतीक्षा सिञ्जालिले न्यायिक समितिको प्रतिवेदन, आर्थिक समितिका संयोजक हेमन्तराज शाक्यले आर्थिक विधेयक मस्यौदा, लेखा समिति संयोजक राजेशकुमार अर्यालले लेखा समितिको प्रतिवेदन, फोहोरमैला व्यवस्थापन संयोजक सुनिलकुमार वस्याल, बाबुरत्न शाक्यले साझेदारी कार्यक्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै नगरसभाका सदस्यहरुले बजेटलाई सही कार्यान्वय गर्नुपर्ने तथा छुटेका विषयहरु थप गर्नुपर्ने भनाइ राखेका थिए । नगरसभाले विनियोजन विद्येयक २०८० समेत पारित गरेको छ ।