माथागढीमा बाल विकास सहजकर्तालाई तालिम तथा शैक्षिक सामग्री हस्तान्तरण

पाल्पा – जिल्लाको माथागढी गाउँपालिकामा बाल विकास सहजकर्ताहरुको लागि इसिडि कक्षा कोठा व्यवस्थापन तालिम तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत ४२ जना प्रारम्भिक बाल विकास सहजकर्ताहरुलाई तालिम दिइएको हो । तालिममा बालकक्षाकोठा व्यवस्थापन, सिकाई, बसाई व्यवस्थापन, सांस्कृतिक कल्चर लगायतको तालिम दिइएको थियो ।

२ दिनसम्म चलेको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले प्रारम्भिक बाल विकास सहजकर्ताले शुन्य अवस्थाको बालबालिकालाई सिकाई सहजिकरण गर्दै शिक्षाको खुड्किलोको रुपमा काम गरेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा लैजादै सकारात्मक शैक्षिक सुधारमा लाग्न निर्देशन दिनुभयो । यस्तै तालिम पश्चात वितरण गरिएको शैक्षिक सामग्रीलाई आफ्नो कक्षाकोठामा भरपूर उपयोग गर्न समेत बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले शिक्षामा राज्यको लागनी बढ्दै गइरहेको अवस्थामा सो अनुसारको नतिजा प्राप्त नभएकोले नतिजा सुधारमा लाग्न सबैलाई आग्रह गर्नुभयो । शिक्षा शाखा संयोजक प्रेम बहादुर बारघरेले गाउँपालिकाको शिक्षा शाखाले थोरै समयको भएपनि केही सिकाई उपलव्धीमा सुधार ल्याउने उद्देश्यले तालिम र शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक प्रमिता पाण्डे, निर्मल पाण्डेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ४ को वडा अध्यक्ष शंकर दर्लामी, शिक्षा सहायक अमृत अधिकारी लगायतले तालिममा सिकेका ज्ञान सीपलाई बाल विकास कक्षाकोठा र दैनिक जीवनमा समेत उपयोग गर्दै शैक्षिक र व्यवस्थापकीय सुधारमा लाग्न सहभागिलाई शुभकामना दिनुभयो ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको अध्यक्षता तथा शिक्षा संयोजक प्रेम बारघरेको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च