पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँचरपाँच रुपैयाँका दरले घटाएको छ।

सोमबार राति १२ बजेदेखि लागू  हुने गरी तेस्रो वर्ग ९काठमाडौं, पोखरा र दिपायल०का लागि इन्धनको मूल्य घटाइएको हो।

काठमाडौंको पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ।

दोस्रो वर्ग सुर्खेत र दाङ का लागि भाउ प्रतिलिटर ६ रुपैयाँ र पहिलो वर्ग चारआली, विराटनगर,वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी० का लागि प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ।

एलपी ग्यासको मूल्य यथावत राखेको निगमले हवाइ इन्धनको भाउ आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ११५ अमेरिकी डलरले घटाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च