अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका १ गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिंदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार घटनामा १० वर्षिय धनबहादुर रास्कोटी, १२ वर्षिय खुमबहादुर रास्कोटी र ११ वर्षिय मञ्जु रास्कोटीको मृत्यु भएको छ ।

घटनामा १४ वर्षिय सचिन रास्कोटी घाईते भएका छन् । उनलाई उपचारका लागी पाल्पा पठाईएको छ । अहिले घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ । तिन वटा शव निकालिएको प्रहरीले जनाएको छ । मंगलवार बिहान पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्को झरेर घर पुरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च