पाल्पा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ललिता निवास प्रकरण नाम आउदैमा आतिनु नपर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा तानसेनमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले आफुले बदमासी गरेको छैन भने आत्तिनु कुनै कारण नभएको बताउनुभयो । ललिता निवास प्रकरणमा आफ्नो नाम जोडिएको प्रति स्पष्ट पार्दै नेपालले भन्नुभयो, “कसै कसैले मेरो नाम पनि मुछेको छ । स्वभाविक हो । मेरो पालामा भएका सन्दर्भमा मेरो नाम आउन सक्दछ । कृष्ण प्रसाद भट्टराईको पालामा भएको हुनाले कृष्ण प्रसाद भट्टराईको नाम आउन सक्दछ । गिरिजा प्रसाद कोईराला, शेर बहादुर देउवाको पालामा भएको हुनाले उहाँको नाम आउन सक्दछ । त्यस्तै केपी ओलीको पालामा भएको हुनाले उहाँको नाम आउन सक्दछ । बाबुराम भट्टराईको पालामा भएकाले उहाँको नाम आउन सक्दछ । पुष्पकमल दहालको पालामा भएकाले उहाँको नाम उन सक्दछ । नाम आउने बित्तिकै आफुले बदमासी गरेको छैन भने आत्तिनु पर्ने कुनै आवश्यक छैन ।”
आफुले सरकारी जग्गा र अन्य प्रकारका जग्गा कानुन सम्मत ढंगले छुट्याएर मात्र काम अघि बढाउनु भन्ने आफ्नो निर्णयमा लेखिएको बताउनुभयो । “मेरो निर्णयमा लेखिएको यही छ । त्यही निर्णयको विपरित कसैले सरकारी जग्गालाई अन्य जग्गा भनेर कागज तयार गरेर पाल्पा मालपोत कार्यालय बाट आउँदैछ भने गरेको भने प्रधानमन्त्री जान्छ, पाल्पाको मलपोत कार्यालय हेर्न ? ” उहाँले प्रश्न गर्नुभयो ।
देशभर सरकारी जग्गाको हिनामिना भएको त्यसको छानविन हुनु पर्ने बताउनुभयो । नेपालले स्वच्छ र भ्रष्टलाई एउटै र्दजामा राख्न नहुने बताउनुभयो ।
राज्यको सिस्टमलाई व्यवस्थित गराउन प्रमुख दल मिलेर जानुको विकल्प नरहेको बताउदै नतेताहरु बेल्दा विचार गरेर मात्र बोल्न सुझाव दिनुभयो ।
फरक प्रसंगमा नेपालले सरकारको नेतृत्व यहि सरकारले निरन्तर गर्ने बताउदै दलहरुविच सहमतिको प्रयास भईरहेको बताउनु भयो ।सरकार टिकाई राख्न केन्द्र सरकारले विशेष पहल गर्नुपर्ने अध्यक्ष नेपालको धारण थियो ।