साहित्य :
कविता : आमा
केहि निश्वर्ष नाता छ भने एक मात्र त्यो आमा
कल्पनादेखी श्वास प्रश्वास दिने भगवानको अवतार हो
आत्मा दाउमा राखीराखी मृत्यु भोग्न राजी त्यो आमा
भौतिक दुख खेप्नु भोग्न तत्पर एक ममता हो आमा
लालान पालन संकट सघर्ष केही नाठानी जुर्मुराउ छिन
खुसी रहरलाई हितमा नराखी सन्तानमा लिप्त मात्र आमा हो
खोलामा वालुवा चाल्दै सुन्दर सपनामा हराउछिन ति आमा
चित्र खीचि मुटुमा वनवाससरी मौलान पस्ने त्यागी आमा हो
जानी नजानी पराईको बेचिन्छिन ति नेपाली आमा
आफ्नो मन मुटुको भन्दा कैयौगुना मायादिने आमा हो
देख्न सुन्न सक्दैनिन कुभलो नजान्ने सन्तानकै हुन आमा
कर्म ठान्छीन मुत्यू भएनै दुई शव्द हराउने आमा हो
मानवमा मात्र होईन जिवजन्तुमा पनी छ तत्व आमा
लडिबुडि गरी एक टुक्का वचेरालाई कोच्याईदिने आमा हो
जिवन यापनका दुई क्रिया गर्न सिकाउ छिन आमा
ताते ताते गोडा टेक्दै पाईला चलाउदछिन आमा
छिन्न ठान्दैनिन मुर्ख मान्दैनिन त्यागी लाग्छिन धर्मशाला आमा
दश धारा हुर्काई पढाई परीपक्क वनाई रमाउने मात्र ति आमा हो
जहा भएनी आशिर्वाद र कामना आफ्नो नभई सन्तानको लिने आमा
रुप स्वाभाव मात्र हो मान्छे भगवानको रुप हो आमा
लेखक :
बिनोद बोल्ड खड्का
अर्घाखाँची खन हाल काठमाण्डौ