पाल्पा । पाल्पामा लागुऔषध सहित एक जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका २ नारायणस्थामा डेरा गरी बस्ने सर्लाही ईश्वरपूर नगरपालिका १२ स्थायी घर भएका २४ वर्षीय कमल कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताए ।
प्रहरीले उनलाई आफ्नै कोठा भित्र लागुऔषध लुकाई छिपाई राखी बेच बिखन समेत गर्ने गरेको गोप्य सुचनाका आधारमा प्रकाउ गरेको हो । उनको कोठामा गई खोजतलासी गर्ने क्रममा डाईजेपाम, फेनारगन र आईपिपिएल टालजेसिक लेखेको लागु ओषध जस्तो देखिने एम्पुल १ १ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र आईपिपिएल टालजेसिक ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी प्रवक्ता थापाले बताए ।
कोठाको खाँटमुनी लुकाई राखेको अवस्थामा सिरिन्ज निडल सहितको १५ थान र निडल ११ थान, फुटेको एम्पुल ८ थान पनि बरामद गरिएको उनले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।