पाल्पामा स्थानीय तह कर्मचारी हकहित मञ्चको जिल्ला स्तरिय तदर्थ समिति गठन

तानसेन । पाल्पाको तानसेनमा कर्मचारीहरुको छाता संगठनका रुपमा स्थानीय तह कर्मचारी हकहित मञ्चको १५, सदस्यीय जिल्ला स्तरिय तदर्थ मञ्च गठन भएको छ ।

शनिबार भएको भेलाले जिल्लाका १० वटै स्थानीय तहमा सेवारत कर्मचारीहरुको मञ्च गठन गरेको हो ।

भेलाले तानसेन नगरपालिकाका शिव शर्माको संयोजकत्वमा मञ्च गठन गरेको  छ। जसको सह– संयोजककमा निस्दीका सरोज काफ्ले, सचिवमा रामपुरका विकल काफ्ले, कोषाध्यक्षमा बगनासकालीका शर्मिला न्यौपाने, सह सचिवमा रिब्दीकाेटका काशिनाथ आचार्य रहेका छन् ।

यस्तै मञ्चको सदस्यमा रैनादेवी छहराका किशोर खानाल, रिब्दीकाेटका कमल श्रीस, तानसेनका विशाल ओली, बगनासकालीका नारायण तिमिल्सिना, माथागढीका प्रमोद भट्टराई, तिनाउका तिलक जिसी, रम्भाकी धनीकला थापा, रामपुरका विक्रम बस्नेत, पूर्वखाेलाकी शर्मीला चौधरी , निस्दीकी विमला आचार्य रहेका छन् ।

यस्तै मञ्चको सल्लाहकार संयोजकमा विनोद नेपाल, सल्लाहकार सदस्यहरुमा अर्जुन खनाल, सुजन घिमिरे, शिव आत्रेय, कोपीला न्यौपाने र हरी प्रसाद पराजुलीलाई चयन गरेको छ ।

नवगठित मञ्चले सबै स्थानीय तहमा पालिका स्तरीय मञ्च गठन गर्ने, स्थानीय तहमा कर्मचारीहरुको सरुवा, बढुवा, स्तर वृद्धिलगायतका विषयमा काठमाडौंमा भइरहेको आन्दोलनमा एकयवद्धता जनाउने, कर्मचारीहरुका समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाउने, कर्मचारीहरुको वृद्धि विकासमा योगदान पुर्‍याउने जस्ता कामहरु गर्ने बताइएको छ ।

जनताको नजिकबाट सेवा प्रवाह गर्ने स्थानीय तहका कर्मचारीलाई दोस्रो दर्जाका कर्मचारीको जस्तो व्यवहारबाट संघीयता कार्यान्वयन हुन नसक्ने र खुसी नेपाल समृद्व नेपालको सपना समेत साकार हुन नसक्ने भएकाले सबै कर्मचारीलाई एउटै व्यवहार गर्न वकालत र पैरवी गर्ने नवनिर्वाचित अध्यक्ष शर्माले बताएका छन् ।

स्थानीय तहका कर्मचारीको मुहारमा मुस्कान नभए सम्म मुस्कान सहितको सेवा दिन असम्भव देखिन्छ सरकारले सबै कर्मचारीहरुलाई समान नीतिगत व्यवस्था गरी व्यवहारिक कार्यान्वयन गरोस भनी भेलाले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च