भूकम्पका कारण अर्घाखाँचीमा पाँच घरमा क्षती

अर्घाखाँची, अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा भूकम्पका कारण पाँच घर भासिएका छन्।

बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सितापुरका ५ घर चर्किनुका साथै भासिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतीत सिंह राठोरले बताए। स्थानीय दशरथ गुरुङ, विष्णु थापा मगर, बब्लु बानिया, सन्तोष घम र दुर्गा बिसीको घर चर्किएको हो।

अविरल वर्षाका कारण गलेको जमिन भूकम्पले हल्लाएपछि घरहरू चर्कनुका साथै भास्सिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। घर भासिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मरगले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च