क्यान्सर रोगीलाइ नेशनल लाइफ पाल्पाको ३० लाख उपचार खर्च

पाल्पा तानसेन । कतैकतै भन्ने गरेको सुनिन्छ विमा कम्पनिहरुले समयमै विमा दाबी भुक्तानी गदैनन समयमै उपचार खर्च दिदैनन तर यस भनाईलाई चुनैती दिदै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाल्पा शाखाले क्यान्सर रोग लागेका २ बिरामीहरुलाई ३० लाख रूपैयाँ प्रदान गरेको छ । इन्स्योरेन्सले क्यान्सर लागेका ती दुइ व्यक्तिलाइ जीवन बीमा वापतको रकम प्रदान गरेको हो ।

बिमा कम्पनि पाल्पा शाखाका प्रमुख उमेश गैरेका अनुसार तानसेन नगरपालिका ५ की गंगा ठडराईलाई नेशनल लाइफ इन्स्योरेन्सले २० लाख रूपैयाँ प्रदान गरेको हो । यस्तै रम्भा गाउँपालिका ३ की मन कुमारी सोमैलाइ १० लाख नेशनल लाइफले उपलब्ध गराएको प्रमुख गैरेले जानकारी गराउनु भयोे । निज दुबै जनाले २० लाख र १० लाखको ४-४ बर्षको किस्ता जम्मा गर्नु भएको थियो ।

यस्तै दुइ महिनाअघि पनि पहिलो हृदयघात भए बापत तानपा -१२ का पुर्षोत्तम गैरेलाई पनि -५ लाख उपलब्ध गराएको थियो। नेशनल लाइफका पाल्पा शाखा प्रमुख उमेश गैरेले बीमाले जीवनमा समस्यामा परेकाहरूको जीवनमा सहजता प्रदान गर्न सहजीकरण गरेको बताउनुभयो । उहाँले सानो सानो रकमको उचित व्यवस्था गर्दा जीवनमा पर्ने अप्ठ्यारोबाट मुक्ति प्राप्त गर्न सहज हुने बताउनुभयो ।

उपचार रकम प्रदान गदै शाखा प्रमुख गैरेले जीवनको भोलिको अवस्था कसैले पनि देख्न सक्ने अवस्थामा नरहेकाले क्यान्सर, किड्नीफेल,हृदयघात,जस्ता प्राणघातक रोग लाग्यो,वा अशक्त भैहाल्यो भनेपनि उपचार खर्चको लागि भएपनि बिमा गर्न आवश्यक रहेको बताउनु भयो ।

आफ्नो आम्दानी र बचत क्षमताको आधारमा जीवन बिमा गरेर सबैले आफ्नो र परिवारहरुको सुरक्षा गर्नुहोस,तपाईंले गरेको जीवन बिमाले तपाईं र तपाईंको परिवारको आर्थिक सुरक्षा मात्र होइन जीवन सुरक्षा समेत गर्न सहयोग पुर्याउँने भन्दै विमा गर्दा सबैलाई राम्रो हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च