पाल्पाको रैनादेवीमा विद्यार्थीले प्रदान गरे शिक्षकलाई स्कुटर उपहार

पाल्पा – पाल्पाको रैनादेवी छहराका एक शिक्षकलाई विद्यार्थीले स्कुटर उपहार गरेका छन् । विद्यार्थीहरुले गुरुको सम्मानमा उक्त स्कुटर प्रदान गरेको जनाएका छन् ।

रैनादेवी माध्यमिक विद्यालय रैनादेवी छहरा ३ भुवनपोखरीका शिक्षक थमन बहादुर साठीघरेलाई अपााङ्गमैत्री चारपाँग्रे स्कुटर प्रदान गरेका हुन् । २२ वर्षदेखी उक्त विद्यालयमा अध्यापनरत शिक्षकलाई उपाहार स्वरुप फरक क्षमतामैत्री स्कुटर प्रदान गरेका हुन् ।

पूर्व विद्यार्थी तथा रैनादेवी छहरा भुवनपोखरी रुपन्देही सम्पर्क समाज र विद्यार्थीको चन्दा रकम सहयोगबाट चार पाँग्रे स्कुटर प्रदान गरेका हुन् । उहाँले २०५३ सालदेखि २०७५ सालसम्म सोही विद्यालयमा अध्यापन गर्नुभएको थियो । उहाँ २०७० सालमा आफ्नो जन्मगाउँ खानीगाउँमा जाँदा जीप दुर्घटनामा परेर आफ्नो ढाडभन्दा तलको भाग नचल्ने भएको थियो ।विद्यार्थीले शिक्षकको दुखः देखेर उपहार स्वरुप स्कुटर प्रदान गरेका हुन् । उहाँले ढाड नचलेपनि काठको ठेलाको सहायतामा शिक्षण कार्य गर्नुभएको थियो । हाल उहाँले वडा कार्यालय नजिकै हाेटल व्यवसाय समेत गर्दै आउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च